नेपालमा दुवै मात्रा खोप लगाउनेको संख्या २९.२ प्रतिशत

नेपालमा लक्षित जनसङ्ख्या मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यस्तै, पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ३५.४ प्रतिशत पुगेको छ ।

७६ लाख ९४ हजार ६०९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र ८३ हजार ३७३ जनाले खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार