जुनका आसुहरु (कविता)

जुनका आसुहरु

खबरै भएन
कुनबेला घाम डुबो
कुनबेला साझ परो
म बर्षौ देखि
आफ्नै छायालाई टेकेर
उभिएको छु !

आज को रात एक्लो छ
आज को रात अँध्यारो छ
केही सपनाको अभावमा
आफैमा हराएको छ !

हुन सक्छ
भोलि सखारै एक अँजुलि घाम
आगन भरी पोखी सक्दा पनि
ब्युझिन नमान्लान
केही कच्पचिएका निन्द्राहरु,
तेति नै बेला तिमी आएर
पाहाड चड्ने मान्छेहरुको कथा
सिरानी छेउमा राखेर,
लिएर जानु
भुइँ भरी पोखिएका
जुनका आसुहरु !!

लेखक राजीब आचार्य

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार