यो हो स्थानीय तह हाँक्ने कांग्रेसको नयाँ नेतृत्व

ज्योती भण्डारी ।। पाँचथरका आठवटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ ।

जिल्लाको १ नगरपालिका सहित ७ वटा गाउँपालिकाले नेपाली कांग्रेसको नयाँ नेतृत्व पाएको हो । जिल्लाको एक मात्र नगरपालिकामा निर्वाचन मार्फत प्रकाश गुरुङ कांग्रेसको नयाँ सभापति चुनिएका छन् ।

त्यसैगरी फाल्गुनन्द गाउँपालिकामा शुखविर नेम्वाङ सभापतिमा निर्वाचित भएका छन् ।

याङवरकमा शेर बहादुर नुगाे निर्वाचित भएका छन । यस्तै तुम्बेवामा बाबुराम खड्का, मिक्लाजुङमा सन्तोष शेर्मा, कुम्मायकमा दुर्गा बम्जन,  फालेलुङमा बिरविक्रम थाम्सुहाङ र हिलिहाङमा सन्तोष लिङदेन सभापतिमा चयन भएका छन् ।

स्थानीय तहमा १ सभापति २ उप सभापति २ सचिव र २ जना सहसचिव सहित सदस्य हरु निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार