
नेपाली कांग्रेसले थप आठ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । २० जिल्लाको क्रियाशील विवाद कायम रहेका बेला ८ वटा जिल्लाको सदस्यता विवाद समाधान गरेको भनिएपनि अहिलेसम्म विवरण भने सार्वजनिक भएको छ ।
सदस्यता सार्वजनिक नहुँदा काठमाडौंसहितका जिल्लामा वडा अधिवेशन समेत शुरु हुन सकेको छैन ।
भदौ १८ गते देशका सबै जिल्लामा वडा अधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले अहिलेसम्मसबै जिल्लाको क्रियाशिल सदस्यता विवाद समाधान गर्न भने सकेको छैन ।
कांग्रेस नेताहरुले विवाद रहेका २० वटा जिल्लामध्ये थप ८ वटा जिल्लाको विवाद समाधान भएको बताएका छन् । तर अहिलेसम्म विवाद समाधान भएका जिल्लाको क्रियाशिल सदस्यता भने कांग्रेसले सार्वजनिक गरेको छैन ।
कांग्रेस नेताहरुका अनुसार सिन्धुपाल्चोक, काभ्रे, प्रदेश नम्बर दुईको रौतहट लगाएतका ८ वटा जिल्लाको विवाद समाधान भइसकेको छ ।
तर त्यसबारेमा कांग्रेसले औपचारिक रुपमा सदस्यता विवरण सार्वजनिक भने भइसकेको छैन । क्रियाशिल सदस्यता विवाद समाधान नभएका कारणले सबै जिल्लामा वडा अधिवेशन समेत शुरु हुन सकेको छैन ।
कांग्रेसले महाधिवेशनको आन्तरिक कार्यतालिका संसोधन गरेर असोज गतेभित्र सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
तर अहिलेसम्म सदस्यता विवाद समाधान हुन नसकेका कारणले कांग्रेसको केन्द्रीय महाधिवेशन समेत प्रभावित हुनसक्ने आशंका शुरु भएको छ । नेपाली कांग्रेसको संस्थापनइतर समुहले सभापति शेरबहादुर देउवाले क्रियाशिल सदस्यता विवाद समाधान गर्न नचाहेको आरोप लगाएको छ ।
संस्थापनइतर समुहले सभापति देउवाका कारण सदस्यता विवाद समाधान नभएको आरोप लगाएको भएपनि कांग्रेसले पछिल्लोपटक गठन गरेको विवाद समाधान समितिमा भने संस्थापनइतर समुहबाट कन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजाल सदस्य रहेका छन् ।
उनीसमेत सम्मिलित समितिले अहिलेसम्म विवाद समाधान गर्न सकेको छैन । क्रियाशिल सदस्यता विवादकै कारणले महाविधेशन प्रभावित हुन नदिने कांग्रेस सभापति शेरबहादुर देउवाले भन्दै आएका छन् ।
तर उनकै गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशनको विषयमा संस्थापन इतर समुहले भने प्रश्न उठाइरहेको छ ।
राज्यशक्तिको दुरुपयोग गरेर सभापति देउवाले डडेल्धुरामा अधिवेशन सम्पन्न गरेको भन्दै पुनः अधिवेशन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले माग गरेका छन् ।