पत्रकार महासंघ पाँचथरका सबै गतिविधी वेभसाइटमा हेर्न पाइने

नयाँ कुरो समाचार ।। नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आफ्नै वेभसाइट सञ्चालनमा ल्याएको छ । ओैपचारिक कार्यक्रमको आयोजना गरेर www.fnjpanchthar.org वेभसाइट शाखाले सार्बजनिक गरेको हो । फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले शाखाको वेभसाइटको शुभारम्भ गर्नु भएको थियो ।

शाखाले आगामी २ वर्ष पत्रकारको क्षमता विकासमा खर्चने भन्दै तालिम वर्ष समेत घोषणा गरेको छ । महासंघ पाँचथर शाखाका अध्यक्ष गिररीराज बाँस्कोटाले आगामी २ आर्थिक वर्ष तालिम वर्षको रुपमा घोषणा गर्दै विभिन्न निकायहरुसंगको साझेदारीमा पत्रकारिताका विभिन्न खाले तालिमहरु सञ्चालन गर्ने जानकारी दिनुभयो ।

यसैविच पाँचथर शाखाका ८३ जना पत्रकारहरुको दुर्घटना विमा समेत शाखाले गरेको छ । माओवादी केन्द्रका नेता तथा १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वो को सहयोमा प्रतिब्यक्ती ७ लाख रुपैया बराबरको दुर्घटना विमा गरिएको र त्यसलाइ हरेक बर्ष नविकरण गर्ने समेत शाखाले जनाएको छ ।

अडोज इन्स्योरेन्स कम्पनी संगको सहकार्यमा पाचथरका पत्रकारहरुको दुर्घटना विमा गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार