भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने पौडेल पक्षको निष्कर्ष

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थापन इतर पक्षले मन्त्रिपरिषद् विस्तार हुने निष्कर्ष निकालेको छ ।

मंगलबार नेता पौडेल निवास बोहोराटारमा बसेको इतर पक्षको बैठकले भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने निष्कर्ष निकालेको हो ।

बैठकले मन्त्रालयबारे छिटो टुंगो लगाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिदै र प्रधानमन्त्री देउवाले आफू पक्षलाई दिने मन्त्रालयबारे विषय नै प्रवेश गराउने काम अझै नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेको छ ।

बैठकले मन्त्रीमण्डलमा नेपाली काँग्रेसले कति पाउने भन्ने विषयमा प्रधानमन्त्री देउवालाई छिटो टुंगोमा पुग्न आग्रह गर्ने निर्णय गरिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

यस्तै जातीय, क्षेत्रीय सन्तुलन मिलाएर सरकारमा पठाउने निर्णय पनि पौडेल पक्षको दाबी छ । मंगलबारको बैठकमा पार्टीको आसन्न महाधिवेशनमा आफ्नो पक्षबाट एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिने प्रतिवद्धता पनि नेताहरुले जनाएका थिए ।

पौडेल पक्षभित्र १४ औं महाधिवेशनमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताद्धय प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार