ज्योती भण्डारी ।। पाँचथरमा आइतवार ६ जना कोरोना संक्रमित थपिएका छन् ।
३४ जनाको एन्टिजेन परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रसाशन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ९ सय ८६ जना संक्रमित भैसकेका छन् ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा ३ हजार ४ सय ११ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा १८ जनाको उपचार भैरहेको छ भने संक्रमित मध्ये ५ सय ५ जना होम आइसोलेसनमा रहेका छन् ।
पुरा विवरण























