ज्योती भण्डारी ।। पाँचथरमा शनिबार ४९ जना कोरोना संक्रमित थपिएका छन् । गत भाद्र ९ गते गरिएको ६२ जनाको पिरसिआर परिक्षणको नतिजा समेत प्राप्त हुदा यतिको संख्यामा संक्रमित थपिएका हुन् ।
उक्त परिक्षणमा ५९ मध्ये ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने शनिबार जिल्लामा गरिएको २६ जनाको एण्टिजेन परिक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ९ सय ३१ जना संक्रमित भैसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।






















