प्रधानमन्त्रीबाट मलाई प्रचण्ड र माधवले हटाएको हैन, बाहिरी शक्तिले हटाएको होः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट बाहिरि शक्तिले हटाएको दावी गर्नु भएको छ । नेकपा माओवादीका पुष्पकमल दाहाल तथा तत्कालिन एमाले नेता माधव नेपालले आफुलाई हटाउने ल्याकत नराख्ने उहाँको भनाई थियो ।

पूर्व प्रधानमन्त्री ओलीले विदेशीको ग्राण्ड डिजाईनको पालना मात्रै नेपाल र प्रचण्डले गरेको आरोप लगाउनु भयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले सर्वोच्च अदालतप्रति पनि असन्तुष्टि जनाउनु भयो ।

ओलीले माओवादी केन्द्रसँग एकता गर्नु गलत नभएको तर नियत खराव भएका व्यक्तिहरुका कारण एकता टिक्न नसकेको स्पष्ट पार्नुभयो ।

आफूले असल नियतले पार्टी एकता गरेको पनि खराव नियत भएकाहरुले पार्टी फुटाएको अध्यक्ष ओलीले आरोप लगाउनु भयो ।

विभाजित अवस्थामा भएपनि नेकपा एमालेले आगामी निर्वाचनमा स्पष्ट बहुमत पाउने उहाँले दाबी गर्नुभयो । अध्यक्ष ओलीले माधव नेपाल, प्रचण्ड, बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतले आगामी निर्वाचन जित्नै नसक्ने ठोकुवा गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार