प्याज खानुका फाइदा यस्ता छन्

प्याज तरकारीरसब्जी आदिमा मसलाको रूपमा प्रयोग गरिने फल हो, जुन माटोमा फल्छ । प्रायः नेपालको सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ ।

देखिनमा साधारण जस्तो देखिए पनि सबै तरकारीमा मिल्ने तरकारी मात्र नभै यसको बेजोड औषधीय गुण पनि रहेको छ । प्याजलाई काँचै वा पकाएर यसको रस निकालेर जसरी पनि सेवन गर्न सकिन्छ । यस्का अनेकन औषधीय गुणहरु रहेको पाइन्छ –

—प्याजको पाटीलाई काटेर २र३ टुक्राको दरले मनतातो पानीसँग खानाले एक महिनाभित्र पित्त पत्थरी, पित्तविकारलाई ठीक गर्छ ।

—यसले खाना पचाउने, भोकलाई जगाउँछ, रक्तअल्पता र अग्निमन्दमा अत्यन्त हित गर्छ ।

—मानसिक रोग हटाउँछ भने शक्ति बढाउँछ ।

—रक्तअल्पता र अग्निमन्दमा औषधिको पनि काम गर्छ ।

—३÷४ ओटा प्याजको रस ४÷५ पटक पिउँदा दन्त अंश, पेट अर्श, गर्मी पखाला, हैजा, लू, उदरशूल, श्वेतप्रदर, सुख्खा खोकी जस्ता समस्यालाई पनि निको गर्छ ।

साभारः ‘मेरो डाक्टर’ पुस्तकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार