७ सय ४६ नेपाली अफगानिस्तानबाट स्वदेश फर्किए

अफगानिस्तानबाट स्वदेश फर्कंने नेपालीको संख्या ७ सय ४६ पुगेको छ ।

अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनापछि त्यहाँ रहेका विदेशी स्वदेश फर्कने क्रम बढेको हो । त्यही क्रममा विभिन्न माध्यमबाट त्यहाँ रहेका नेपालीको उद्धार भइरहेको छ ।

बुधबारसम्ममा अफगानिस्तानबाट उद्धार भएर काठमाडौं आउने नेपालीको संख्या ७ सय ४६ रहेको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।

यो समयमा १७ जना भारतीय नागरिक पनि अफगानिस्तानबाट काठमाडौँ आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार