भारतमा पहिलो डीएनए कोरोना खोपलाई अनुमति

भारतको औषधि नियामकले विश्वको पहिलो डीएनए कोरोना खोपलाई अनुमति दिएको छ । खोप निर्माता काडिला हेल्थकेयरले निर्माण गरेको जीकोभ–डी खोपलाई भारतीय खोप नियामकले अनुमति दिएको हो ।

कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजा अनुसार संक्रमण नियन्त्रणको लागि यो खोप ६६ प्रतिशत प्रभावकारी देखिएको छ । भारतीय कम्पनी काडिला हेल्थकेयरले वार्षिक रुपमा १२ करोड डोज कोरोना खोप उत्पादन गरिने बताएको छ ।

यो भारतीय कम्पनीले विकास गरेको दोस्रो कोरोना खोप हो । काडिला हेल्थकेयरका अनुसार कम्पनीले अहिले अनुमति दिइएको खोप २८ हजार मानिसमा परीक्षण गरिएको थियो । यीमध्ये एक हजार जना १२ देखि १८ वर्ष उमेर समूहका थिए ।

डीएनए खोप आरएनए तथा एमआरएनए खोपको तुलनामा सस्तो, सुरक्षित र स्थिर हुने वैज्ञानिकहरुले बताएका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार