बिहिवार पाँचथरमा २४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको मृ*तु

ज्योती भण्डारी ।। पाँचथर जिल्लामा बिहिवार २४ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहिवार कोरोना संक्रमणको कारण एक जनाको ज्यान गएको जिल्ला प्रसाशन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

जिल्ला भरी गरिएको ७२ जनाको एण्टिजेन परिक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ७ सय ९९ जना संक्रमित भैसकेका छन् ।

कोरोनाको दोश्रो लहरमा पाँचथरमा ३ हजार १ सय  १० जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।

हाल जिल्ला अस्पतालको HDU मा १९ जना र आइसोलेसनमा १ गरी जम्मा २० जनाको उपचार भैरहेको छ भने संक्रमित मध्ये ६ सय २० जना होम आइसोलेसनमा रहेका छन् ।

पुरा विवरण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार