ज्योती भण्डारी ।। पाँचथर जिल्लामा बुधवार ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधवार कोरोना संक्रमणको कारण एक जनाको ज्यान गएको जिल्ला प्रसाशन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
जिल्ला भरी गरिएको ७७ जनाको एण्टिजेन परिक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ७ सय ७५ जना संक्रमित भैसकेका छन् ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा ३ हजार १ सय जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा १९ जना र आइसोलेसनमा १ गरी जम्मा २० जनाको उपचार भैरहेको छ भने संक्रमित मध्ये ६ सय ७ जना होम आइसोलेसनमा रहेका छन् ।
पुरा विवरण























