
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आइतवार ७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला भरी गरिएको २९ जनाको एण्टिजेन परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ६ सय ९८ जना संक्रमित भैसकेका छन् ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा ३ हजार ४२ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा १६ जना र आइसाेलेसनमा ३ गरी जम्मा १९ जनाको उपचार भैरहेको छ भने संक्रमित मध्ये ५ सय ९० जना होम आइसोलेसनमा रहेका छन् ।
पुरा विवरण