सलाहको कीर्तिमानमा लिभरपुलको सुखद शुरूवात

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी शुरूवात गरेको छ ।

शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ३–० गोलले हराउँदै लिभरपुलले सुखद शुरूवात गरेको हो ।

नर्विचको मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक एक गोल गरे।

नर्विचविरुद्ध गोल गरेसँगै सलाहले प्रिमियर लिगमा कीर्तिमान बनाएका छन् । सलाहले लगातार पाँच सिजनको पहिलो खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार