ज्योती भण्डारी ।। पाँचथर जिल्लामा शनिबार १० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला भरी गरिएको २९ जनाको एण्टिजेन परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ६ सय ९१ जना संक्रमित भैसकेका छन् ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा ३ हजार ६ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा १५ जनाको को उपचार भैरहेको छ भने संक्रमित मध्ये ६ सय २१ जना होम आइसोलेसनमा रहेका छन् ।























