शुक्रवार २६ जना संक्रमित थपिए

ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज २६ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला भरी गरिएको ६२ जनाको एण्टिजेन परिक्षणमा २४ र पिसिआर परिक्षण बाट २ जना गरी जम्मा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ६ सय ८१ जना संक्रमित भैसकेका छन् ।

कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार ९ सय ७५ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।

हाल जिल्ला अस्पतालको HDU मा २० र आइसाेलेसनमा १ गरी जम्मा २१ जनाको को उपचार भैरहेको छ भने संक्रमित मध्ये ६ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् ।

पुरा विवरण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार