ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज ८२ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला भरी गरिएको २ सय ५६ जनाको एण्टिजेन परिक्षणमा ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ५ सय ४० जना संक्रमित भैसकेका छन् ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार ९ सय १४ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा १८ जनाको को उपचार भैरहेको छ भने संक्रमित मध्ये ५ सय ६१ जना होम आइसोलेसनमा रहेका छन् ।























