ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज २५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला भरी गरिएको ५० जनाको एण्टिजेन परिक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ३ सय ३६ जना संक्रमित भैसकेका छन्।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार ६ सय ६३ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ।
हाल जिल्ला अस्पतालको HDU मा १४ जना र आइसोलेसनमा ३ गरि जम्मा १७ जनाकाे उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।
संक्रमित मध्ये ६ सय ६ जना होम आइसोलेसनमा रहेका छन्।
पुरा विवरण























