पाँचथरमा मंगलबार २२ जना संक्रमित, एक जनाको मृ’त्यु

ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज २२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको १०० जनाको एण्टिजेन परिक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार कोरोना संक्रमणको कारण एक जनाको ज्यान गएको जिल्ला प्रसाशन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ३ सय ११ जना संक्रमित भैसकेका छन् ।

कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार ६ सय ४६ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।

हाल जिल्ला अस्पतालको HDU मा १४ जनाको को उपचार भैरहेको छ भने संक्रमित मध्ये ६ सय २ जना होम आइसोलेसनमा रहेका छन् ।

पुरा विवरण

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार