नयाँ कुरो समाचार ।। पाँचथर जिल्लामा जोनसन एण्ड जोनसनको खोप समेत प्रदान गरिने भएको छ ।
अहिले सञ्चालन भैरहेको भेरोसेल खोप ५५ वर्ष देखी माथिका नागरिकलाइ दिइएको थियो भने अब ५० देखी ५४ बर्ष उमेर समुहलाइ खोप प्रदान गरिने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गणेस तुम्वापोले जानकारी दिनुभयो ।
१ डोज मात्रै लगाए हुने भनिएको अमेरिकी खोप पाँचथरमा ९ हजार डोज आएको बताइएको छ । फिदिम नगरपालिकामा यही श्रावण २१ र २२ गते, फालेलुङ गाउँपालिकामा श्रावण २३ र २४ गते हिलिहाङ गाउँपालिकामा श्रावण २१ र २२ गते साथै याङवरक गाउँपालिकामा श्रावण २१ र २२ गते खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।
यस्तै कुम्मायक, तुम्मेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका मा श्रावण २८ र २९ गते खोप कार्यक्रम सञ्चालन हुने भएको हो । यस खोप कार्यक्रममा ५० बर्ष उमेर पुरा भएका नागरिकहरु, अशक्त, अपांग, बिदेश जाने नेपाली नागरिक, यस भन्दा अगाडी खोप कार्यक्रममा छुट भएका अत्यावश्यक सेवामा संलग्नहरुले समेत खोप पाउने बताइएको छ ।
साथै नेपालमा बसोबास गर्ने शरणार्थिहरुलाइ समेत जोनसन एण्ड जोनसनको खोप प्रदान गरिने छ । खोप जिल्लाका सबै स्वास्थ्य चौकीहरुमा उपलब्ध हुने र खोप लगाउन जाँदा आफ्नो परिचय र उमेर खुल्ने परिचय पत्र लिएर जान समेत स्वास्थ्य कार्यालयले सर्वसाधारणलाइ अपिल गरेको छ ।
पाँचथरकाे कुम्मायक, तुम्मेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा ५५ वर्ष भन्दा माथिका नागरिकलाइ प्रदान भैरहेको भेरोसेल खोप कार्यक्रम समेत सञ्चालन हुन बाँकी रहेको छ ।






















