
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज २८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको ७० जनाको एण्टिजेन परिक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हाे ।
साेमबार काेराेना संक्रमणकाे कारण एक जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयकाे तथ्यांकमा उल्लेख गरिएको छ । । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार २ सय ८९ जना संक्रमित भैसकेका छन् ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार ६ सय २५ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा १८ जनाको काे उपचार भैरहेको छ भने संक्रमित मध्ये ५ सय ९७ जना होम आइसोलेसनमा रहेका छन् ।
पुरा विवरण