
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीको आत्मालोचना गरेकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीले अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताइन् ।
यस्तै, मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पु¥याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने दाबी गरेकी छन् । उक्त कार्यक्रममा बोल्दै प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भनेर प्रश्न समेत गरेकी छन् ।
‘आफू पार्टी एकता विरोधी नभएको पनि बताएकी छन् । पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् ।
एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् ।
नेतृ झाँक्रीले यसको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने बताइन् ।