
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज १ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको ३ सय ९७ जनाको एण्टिजेन परिक्षणमा १ सय ३५ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार २ सय ९ जना संक्रमित भैसकेका छन् ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार ५ सय १० जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा १६ जनाको काे उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
संक्रमित मध्ये ६ सय ४० जना होम आइसोलेसनमा रहेका छन् ।