पाँचथरमा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन हुदै

नयाँ कुरो समाचार ।। पाँचथर जिल्लामा ५५ बर्ष भन्दा माथिका नागरिकलाइ खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

जिल्लाका सबै स्वास्थ्य चौकी बाट हाल सम्म कुनै पनि खोप नलगाएका नागरिकलाई चाइनिज खोप भेरोसेलको पहिलो मात्रा प्रदान गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपाल सरकारको खोप कार्यक्रम अन्तर्गत पाँचथर जिल्लामा समेत ५५ बर्ष उमेर पुरा भएका सबै नागरिक, सार्वजनिक सवारीका चालक र सहचालक साथै नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरुको लागि भेरोसेल खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय पाँचथरका खोप शाखा संयोजक गणेश तुम्वापोले जानकारी दिनुभयो ।

यस भन्दा अगाडी कुनै पनि खोप नलगाएका पाँचथर जिल्लाका ५५ बर्ष उमेर पुरा भएका नागरिक सार्वजनिक सवारीका चालक र सहचालक साथै नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरुलाइ खोप कार्यक्रममा सहभागी बन्न समेत स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

फिदिम नगरपालिका, फालेलुङ, हिलिहाङ, र याङवरक गाउँपालिकाका सबै स्वाथ्य चौकीहरुमा २०७८ साल श्रावण १६, १७ र १८ गते साथै फाल्गुनन्द, तुम्वेवा, मिक्लाजुङ र कुम्मायक गाउँपालिकामा श्रावण २३, २४ र २५ गते भेरोसेल खोपको पहिलो जोड प्रदान गरिने स्वास्थ्य कार्यालयका प्रमुख नारदमुनी सुवेदीले जानकारी दिनुभयो ।

खोप प्रदान गरिने दिन ५५ बर्ष पुरा भएका नागरिकको लागि आफ्नो उमेर खुल्ने परिचय पत्र, सवारी चालक, सहचालक र अत्यावशक सेवामा संलग्न ब्यक्तिहरुको हकमा जिल्ला प्रशासन कार्यालयको शिफारीस पत्र लिएर नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन सकिने ब्यवास्था मिलाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार