कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बुधबार) बस्दै छ । बिहान ११ बजे पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको हो।

यसअघि मंगलबारका लागि तय भएको बैठक स्थगित भएको थियो। मंगलबार क्रियाशील सदस्यता छानबिन समितिले तयार गरेको प्रतिवेदन सभापति देउवाले बुझेसँगै प्रतिवेदन अध्ययन गरी आगामी रणनीति तयार पर्ने भन्दै बैठक स्थगित गरिएको हो।

आजको बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने एक नेताले बताए। बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ।

बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मितिबारे निर्णय गर्ने बताइएको छ। यसअगाडि मंगलबारदेखि सुरु हुने भनिएको तल्लो तहको अधिवेशन स्थगित गरिएको थियो।

साथै, आजको बैठकले प्रतिवेदनले बाँकी राखेका विषयलाई समेत टुंग्याउने मापदण्ड बनाउने एक नेताले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार