देउवा र प्रचण्डबीच भयो यस्तो सहमति !

काठमाडौं ।। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ । साथै, उनीहरुबीच केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।
‘सहमतिका आधारमा चल्नुपर्छ भन्नेमा दुवै नेता सकारात्मक हुनुभएको बुझिएको छ’, स्रोतले भन्यो ।

यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर सरकार सञ्चालनका बारेमा छलफल भएको थियो । उनीहरुसँग पनि यसै विषयमा छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार