सांसदबाट एमाले नेता भीम रावलले राजीनामा दिए

काठमाडौं ।। नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया हुनैलाग्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहका नेता रावलले पदबाट राजीनामा दिएका हुन् ।

सभामुखलाई सम्बोधन गर्दै नेता रावलले भनेका छन्,‘नेपालको स्वाधिनता, अखण्डताका लागि लडेको थिए । आज नेपाल र नेपालीको शीर निहुरिएको छ । चरम सत्ता र पदलिप्साका लागि अनैतिक चरित्रको घृणित अभ्यास भएको छ । तिनलाई रोक्नका लागि राजनीतिककर्मी हैसियतले मैले धेरै मेहनत गरे । तर उच्च राजनीतिक नेतृत्वमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति स्वेच्छाचारी व्यवहार, तथा देश जनता र पार्टीको हितभन्दा नीनि स्वार्थ अहं प्रतिषोध र षड्यन्त्रकारी चरित्र एवं कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितीमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट हलग हुनु श्रेयस्कर भएकाले त्यसप्रकारको दुषित खेलबाट आफुलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार