काठमाडौं ।। नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवालाई एकमत भएर विश्वासको मत दिने निर्णय गरेको छ ।
आज माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकरलाई विश्वासको मत दिने निर्णय गरेको नेता मातृका यादवले जानकारी दिए । उनले भने,‘एकमत भएर सरकारको पक्षमा विश्वासको मत दिने निर्णय गरेका छौं ।’
नेता यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहका ४० जना सांसदले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने दाबी गरे । उनले देउवाले विश्वसको मत पाउने विषयमा कुनै शंका नरहेको भन्दै भने,‘विश्वासको मत पाउने विषयमा कुनै शंका छैन । सर्वोच्च अदालतमा रिट दायर गरेको भन्दा धेरै सांसदहरुले हस्ताक्षर गर्छन् ।’
अहिले सरकारमा सहभागी हुने मन्त्रीका बारेमा छलफल नभएको भन्दै उनले एमाले नेता नेपाल समुह सरकारमा सहभागी हुने अबस्थामा उनीहरुलाई धेरै सहयोग गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।