
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज २२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको ८७ जनाको एण्टिजेन परिक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा २ हजार ५ सय ३६ जना संक्रमित भैसकेका छन् ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार २ सय ३१ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा ९ जनाको उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
संक्रमित मध्ये २ सय ५४ जना होम आइसोलेसनमा रहेका छन् ।