कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो २ बजे बस्न लागेको छ ।

यसअघि बिहीबार बस्ने तय भएको यो बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भदौमा हुने पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न बैठक बोलाइएको थियो ।

बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार