
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको ७५ जनाको एण्टिजेन परिक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा २ हजार ४ सय ७४ जना संक्रमित भैसकेका छन् ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार १ सय ७८ जनाले कोरोना जितेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा ५ जनाको उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
संक्रमित मध्ये २ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् ।