ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

नयाँ कुरो समाचार । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।

खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे ।

बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार