ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको ३९ जनाको एण्टिजेन परिक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा २ हजार ३ सय १९ जना संक्रमित भैसकेका छन् ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा १ हजार ९ सय २९ जनाले कोरोना जितेका छन भने २८ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा १३ जनाको उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
संक्रमित मध्ये ३ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् ।






















