युरोकप अन्तर्गत आज क्वाटरफाइनलको अन्तिम दुई खेलहरु हुने

युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् ।

युरोकप अन्तर्गत शनिबार क्वाटरफाइनलको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् ।

चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ ः ४५ बजे सुरु हुनेछ ।

चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन् । दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन् ।

त्यस्तै, इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२ ४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुबै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

इंग्ल्यान्ड र युक्रेनबिच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पछिल्लो पटक २०१२ को युरोमा प्रतिस्पर्धा भएको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार