ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज ५१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको ७४ जनाको एण्टिजेन परिक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको र १६ जनाको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा २ हजार २ सय ३० जना संक्रमित भैसकेका छन् । कोरोनाको दोश्रो लहरमा पाँचथरमा १ हजार ८ सय १७ जनाले कोरोना जितेका छन भने २६ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।
हाल जिल्ला अस्पतालको HDU मा १६ जनाको उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
संक्रमित मध्ये ३ सय ६१ जना होम आइसोलेसनमा रहेका छन् ।






















