२५ परिक्षणमा २ जनामा संक्रमण पुष्टी

ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको २५ जनाको एण्टिजेन परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा २ हजार १ सय ७९ जना संक्रमित भैसकेका छन् । कोरोनाको दोश्रो लहरमा पाँचथरमा १ हजार ७ सय ६१ जनाले कोरोना जितेका छन भने २६ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।

हाल जिल्ला अस्पतालको HDU मा १७ जनाको उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार