
काठमाडौँ ।। १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वार्टरफाइनलमा पुग्न सफल भएको हो । यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।
तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधिको दाबेदार मानिएका टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।
को को पुगे अन्तिम ८ मा, अबको खेल कहिले ?
शुक्रबार राति ९ः४५ बजे – स्विट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२ः४५ बजे – बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९ः४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२ः४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड