पाँचथर ।। कोरोना संक्रमणका कारण पाँचथर को कुम्मायक गाउँपालिकाकी २५ वर्षिय महिलाको निधन भएको छ ।
आज विहान निधन भएकी उनी १० दिनकी सुत्केरी हुन ।
असार ४ गते पाँचथर अस्पतालमा एन्टिजेन विधिवाट परिक्षण गर्दा कोरोना पुष्टि भएको र अवस्था जटिल वन्दै गएपछि झापा स्थित विर्तासिटी अस्पतालमा पुर्याइएकी उनको आज विहानै निधन भएको बताइएको छ ।
उनका श्रीमान र बच्चामा समेत कोरोना पुष्टि भएको छ । यद्धपी उनीहरुको अवस्था भने सामान्य रहेको छ । मृृतकको शव आजै नेपाली सेनाको टोलीले झापामा व्यवस्थापन गर्ने गाउ पालिका अध्यक्ष जयवहादुर चेमजोङले वताउनुभयो ।






















