
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा पछिल्लो २४ घण्टामा थप ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार ८६ जना कोरोना संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या १ हजार ८ सय ३४ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार अहिलेसम्ममा १२ सय ५२ जना संक्रमित निको भएका छन् ।
संक्रमित मध्ये ५ सय ३६ जना होम आइसोलेसनमा छन् भने १२ जनालाई एचडीयुमा राखेर उपचार भईरहेको छ । २५ जनालाई थप उपचारका लागी जिल्ला बाहिरका अस्पतालमा रेफर गरिएको छ ।