ज्योती भण्डारी ।। पाँचथर जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार १४ जना कोरोना संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या १ हजार ७ सय ४८ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार अहिलेसम्ममा १ हजार ८० जना संक्रमित निको भएका छन् ।
संक्रमित मध्ये ६ सय २७ जना होम आइसोलेसनमा छन् भने सात जनालाई एचडीयुमा राखेर उपचार भईरहेको छ । २७ जनालाई थप उपचारका लागी जिल्ला बाहिरका अस्पतालमा रेफर गरिएको छ ।






















