एजेन्सी । लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ ।
पहिलो खेलमा चिलीसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले आज बिहान भएको खेलमा बलियो टिम उरुग्वेलाई पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा १३ औँ मिनेटमा गुइडो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । यसअघि नेपाली समय अनुसार आज बिहानै भएको खेलमा चिलीले बोलिाभियामाथि १–० कै जित दर्ता गरेको थियो। पहिलो खेलमा चिले र अर्जेन्टिनाले १–१ को बराबरी खेलेका थिए ।






















