पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्।
शुक्रबार गण्डकी प्रदेशसभामा विश्वासको मतमाथिको प्रस्तावमाथि भएको मतदानमा उनले ३१ मत प्राप्त गरे ।
सांसद संख्या ५९ भएपछि सरकार जोगाउन ३० मत भएपनि पुग्छ ।
गत शनिबार संविधानको धारा १६८९५० अनुसार नियुक्त भएका मुख्यमन्त्री पोखरेलले ३१ मत पाए ।
उनले काङ्ग्रेसका १५, माओवादी केद्रको ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको २र२ तथा स्वतन्त्र निर्वाचित राजीव गुरुङ ९दीपक मनाङेको० १ मत पाएका हुन् ।
प्रतिपक्षमा रहेको एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गर्यो । विपक्षमा २७ मत परेको थियो ।