पोष्ट कोभिडको बारेमा जान्नै पर्नेकुराहरु

मुलुकमा कोरोना माहामारीले आक्रान्त छ । दैनिक सयभन्दा बढिले कोरोना संक्रमणकै कारण ज्यान गुमाउन बाध्य भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कतिपय संक्रमितहरुमा पोष्ट कोभिडको समेत लक्षण देखिएको छ ।

के हो पोष्ट कोभिड समस्या ? सरकारले टिप्सका रुपमा यस्ता विषयबारे ज्ञानहरु दिएको छ । कोरोना संक्रमण भइसकेपछि पनि अलि अलि जिउ दुख्ने गल्ने हुन सक्छ । सामान्य अवस्थामा आत्ति हाल्नु पर्ने अवस्था नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, पनि यी अवस्थामा ध्यान दिन भनेको छ ।

१. धेरै नै थकाई लाग्ने, धेरै नै कमजोरी महसुुस हुने ।

२. एकाएक रक्तचाप बढ्ने र घट्ने ।

३. कालो ढुसीका लक्षणहरु देखिने ।

४. श्वास फेर्न गाह्रो हुने ।

५. निद्रा नलाग्ने, डिप्रेसन जस्ता लक्षण देखिने ।

६. थोरै समय हिड्दा पनि स्वाँ स्वाँ हुने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार