युरोकपमा आज दुई खेल ः पोर्चुगल र हंगेरी तथा फ्रान्स र जर्मनी भिड्ने

जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछ ।

युरोकपमा आज समूह ‘एफ’ को दुई खेलहरु संचालन हुँदैछ । पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।

साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार