नयाँ कुरो समाचार ।। पाँचथर जिल्लामा जारी निशेधाज्ञा १ हप्ताको लागि थपिएको छ । जिल्लामा गत बैसाख २७ गते बाट सुरु भएको निशेधाज्ञा पाँचाै पटक थपिएको हो ।
आगामी साताको लागि थपिएको निशेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरु हप्तामा ४ दिन खुल्ने भएका छन् । बुधबार र सोमबार बाहेक बैंक तथा वित्तिय संस्थाहरु दिनको २ बजे सम्म सञ्चालन हुन दिने निर्णय आजको DCCMC को वैठकले गरेको छ ।
यस भन्दा अगाडी विहान ५ बजेदेखी ९ बजे सम्म सञ्चालन हुदै आएका दैनिक उपभाेग्य बस्तुको पसल विहान १० बजे सम्म खोल्न पाइने समेत आजको वैठकले निर्णय गरेको छ ।
भिडभाड हुने कार्यक्रम, सवारी साधन सञ्चालन तथा अन्य प्रकारका ब्यापार ब्यावसाय भने बन्दनै रहने DCCMC ले निर्णय गरेको छ । यस अगाडी जारी भएको निशेधाज्ञाको समयावधी आज राती १२ बजे सकिदै थियो ।
आज थप गरिएको निशेधाज्ञा जेष्ठ ७ गते मध्य रात सम्म लागु हुनेछ ।






















