
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार ६६ जना कोरोना संक्रमित थपिएसँगै हालसम्मको सक्रिय संक्रमितको संख्या १ हजार ५ सय १ पुगेको हो ।
जिल्ला प्रशासन पाँचथरको तथ्यांक अनुसार अहिलेम्म ७ सय ५५ जना संक्रमित निको भएका छन् भने ६ सय ९९ जना संक्रमित होम आइसोलेसनमा छन् । सात जनालाई इचडीयुमा राखेर उपचार भईरहेको छ भने १० जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
२३ जनाको स्वास्थ्यमा थप समस्या देखिएपछि जिल्ला बाहिरका अस्पतालमा रेफर गरिएको कोभिड १९ डिस्टिक फोकल पर्सन तेजबाहादुर तुम्बापोले जानकारी दिनुभयाे ।