ज्योती भण्डारी ।। पाँचथर जिल्लामा थप १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २ दिन अगाडी संकलन गरिएको १ सय २३ जनाको पिसिआर परिक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको र आज जिल्लाभर गरिएको २ सय ५१ एण्टिजेन परिक्षणमा ८७ जनामा संक्रमण पुष्टी भएको प्रशासनको तथ्याकंमा उल्लेख गरिएको छ।
यो संगै कोरोनाको दोश्रो लहरमा पाँचथरमा १ हजार ३ सय २४ जनामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
आज पाँचथरका जिल्ला अस्पताल फिदिममा ६१ मा २९, फाल्गुनन्दमा ७८ मा ६, हिलिहाङमा ४८ मा १५, कुम्मायकमा ३७ मा २२ र याङवरकमा २७ मा १५ जनामा एण्टिजेन परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको DCCMC पाँचथरका फोकल पर्सन तेज ब. तुम्वापोले जानकारी दिनुभयो ।
संक्रमित मध्ये हाल ७ सय ५६ जना होम आइसोलेसनमा रहेका छन भने २१ जनाको जिल्ला स्थित स्वास्थ्य संस्थाहरु मा र १६ जनालाइ थप उपचारको लागि अन्यत्र रेफर गरिएको जिल्ला प्रशासनको तथ्याकंमा उल्लेख गरिएको छ ।






















