ज्योती भण्डारी ।। पाँचथरमा कोरोनाको दोस्रो लहरमा संक्रमितको संख्या १ हजार ५७ पुगेको छ । पछिल्लाे २४ घण्टामा ४१ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या १ हजार ५७ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
संक्रमित मध्ये १३ जना एचडियुमा, ६ जना आइसोलेसनमा उपचारारत छन भने ६ सय ४४ जना हाेम आइसाेलेसनमा रहेकाे जिल्ला प्रशासन कार्यलयकाे तथ्याकंमा उल्लेख छ ।
कोरोनाको दोश्रो लहरमा जिल्लामा ३ सय ७८ जना निको भएका छन् ।






















